चितवनः जिल्ला प्रहरी कार्यालय माताहत रहेको वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत थप १३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्ष सूर्य वहादुर थापाका अनुसार आज आएको नतिजामा १३ जना सङ्क्रमण पुष्टि भएको हो ।

वडा कार्यालयका प्रमुख सहित चार जनालाई एक सात अघि कोरोना पुष्टि भएको थियो । यो संगै जिल्लामा २८ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ । जस मध्ये ५ जनालाई निको भई सकेको छ भने अन्य २३ जना आईसोलेसनमा रहेका छन् ।

वडा कार्यालयका अधिकांश प्रहरीलाई कोरोना पुष्टि भए संगै कार्यालय सिल गरिएको थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !