पहिरो पन्छाए संगै सडक एकतर्फी खुल्यो

चितवनः नरायणगढ –मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी संञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज विहान १०ः३० वजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८ः १० वजे नारायणगढबाट ३१ दशमलब ३ किलो मिटर मुग्लिन तर्फ चारकिलो नजिकै पहिरो खसेको थियो ।

पहिरो खसे संगै दुईतर्फि सडक अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भईरहेको छ ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer