चितवनको धानमा गबारोको समस्या

चितवनः युरीया मलको अभाव खेपिरहेका जिल्लाका कृषकहरुको धान खेतमा गबारो किराले नोक्सान पार्न थालेको छ । धानको गाँज बढिरहेको वेला गुभो खाएर गबारोले रातो वनाइ दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र दाना बिषादी छरेको भए पनि रोग नियन्त्रणमा आउन सकेको छैन । धान खेतमा बिचबिचमा थेग्लाथेग्ला भएर किरा लागेको छ । त्यही ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो “रोग देखिएको ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा छर्दा प्रभावकारी हुन सकेन । गबारोले गुभो नोक्सान गरेको छ ।” गबारोको लार्भा प्यूपा हुँदै पुतली बनेको छ । पुतलीले ५÷७ दिन भित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वाला पसाउने बेलामा वालाको तलको कलिलो भाग खाईदिने उहाँको भनाई छ ।

तिमिल्सीनाले किराकै कारण वाला पसाई सके पछि ठाउँठाउँमा दुध नभरिएको सेता वाला देखिने जानकारी दिनुभयो । समयमा रोगको नियन्त्रण गर्न सकेमा रोगलाई केही हद सम्म नियन्त्रण गर्न सकीने उहाँको भनाई छ । किसानको पुरानो अभ्यास अनुसार नै बारिको ठाउँठाउँमा टायर वालेर त्यसको तल भाँडामा सरफ पानी राखेमा उज्यालोमा आएका किराहरु झरेर मर्ने उहाँले जानकारी दिनुभयो । तर टायर मात्रै वालेमा वरिपरिका किराहरु आएर झन वढि नोक्सान गर्ने उहाँको सुझाब छ ।

पुतलीको माउ र फुल सजिलै चिन्न सकिने भन्दै उहाँले यो संख्या धेरै नहुने भएकाले कृषकले प्रत्यक्ष रुपमा नष्ट गर्न सक्ने वताउनुभयो । उहाँले भन्नुभयो “धेरै लागेको ठाउँमा पनि एक कठ्ठामा ४०÷ ५० वटा भन्दा वढि पुतली हँुदैन । यसो गर्न सकेमा रासायनीक बिषदीमा खर्च गर्नु नपर्ने उहाँको भनाई छ । गबारो जिल्ला भरिनै देखिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै धानको पातमा लाम्चो कालो हुने सिथ व्लाईट रोग पनि देखिन थालेको छ । यो रोगले धानको पात सुकाउँछ । पसाउने वेलाको धानमा देखीएको छ । धानमानै सेतो झिङ्गा पनि देखिन थालेको छ । यसले रस चुसेर पुरै वोट पहेंलो वनाएर क्षती पु¥याउने उहाँको भनाई छ । यो रोग पूर्बी चितवनमा वढि रहेको छ । जिल्लाको २७ हजार ४ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer