चितवनः नेपाली काँग्रेस चितवनले १ सय ७ औं जन्मजयन्तीका अबसरमा रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ । कोरोना संक्रमणको समयमा रगतको अभाव भएपछि रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । रगतको अभावका कारण बिरामीको ज्यान जानु नपरोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जनाकारी दिनुभयो ।
श्रेष्ठका अनुसार कोरोना कहरका कारण आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । यस अघि आज बिहान वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको वीपीको शालिकमा माल्यापर्ण गरिएको थियो ।