चितवनः नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोईरालाको १ सय ७ औं जन्मजयन्तीको अबसरमा नेपाल तरुणदल चितवनले नारायणी नदि किनारमा रहेको सडक मानवहरुलाइृ भोजन ग्रहण गराएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा घरपरिवार नभई खान नपाएका २ सय जनालाई एक छाक खाना खुवाईएको तरुणदल चितवनका सचिब प्रल्हाद उप्रेतिले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी काँग्रेस चितवनका नेताहरुले सडक मानब मुक्त पहिलो महानगरलाई अहिले गिज्याई रहेको बताएका छन् । सडकमा वेवारिसे मानब रहित भनेर महानगरले घोषणा गरेको भन्दै उनीहरुले अहिले त्यसले महानगरलाईनै गिज्याएको बताएका हुन ।

कार्यक्रममा नेपाली काग्रेसका उपसभापती कैलाश कोइराला, सह सचिब, राजन कार्की, दलका संस्थापक नेता राजेश्वर खनाल, टंक पौडेल लगाएको उपस्थिति रहेको थियो । कार्यक्रम तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !