चितवनः भरतपुर अस्पतालमा उपचाररत एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नवलपरासीको सुस्ता पूर्ब देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षिय वृद्धको मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनलाई भदौ १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । संङ्क्रमण पुष्टि भए पछि खोकी सहित स्वाशप्रश्वाशमा समस्या भई भदौ १९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा आज साँझ ५ः३० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । लामो समय देखि मृगौलाको बिरामी भई डायलासिस गराउँदै आएका उनको अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटर राखि उपचार गरिएको थियो ।
यो संगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २२ पुगेको छ । एक जना वृद्धाको घरमानै मृत्यु भएको थियो ।

चितवनका १२ जना, मकवानपुरका ५ जना, नवलपरासी सुस्ता पूर्बका ३ जना, वारा, गोर्खा र कैलालीका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !