
काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४८ हजार नाघेको छ । आजसम्म ४८ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १४ हजार ८ सय ६८ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना छन् भने ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेका छन् ।