चितवनः इच्छाकामना गाउँपालिका वडा नम्बर ३ माझगाउँमा रहेको माझगाउँ माध्यमिक विद्यालयको चार कोठे भवनको शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले आज बिद्यालय भवनको शिलन्यास गर्नु भएको हो ।

वि.सं २०७२ सालको भूकम्पले क्षति पुगेको सो विद्यालय भवनलाई राष्ट्रिय पुनर्निमाण प्राधिकरणको रु ७४ लाख सहयोगमा भवन निर्माण गर्न लागिएको हो । तीन सय विद्यार्थी अध्ययनरत सो विद्यालय भवनको शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठ, वडा अध्यक्ष गोवर्धन अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गुरुङ र प्रधानाध्यापक कमल गुरुङको उपस्थिति रहेको थियो ।

आगामी पुस मसान्तसम्ममा सो भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस !