काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २६ भदौमा बस्ने भएको छ । सोमबार बिहान बालुवाटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग छलफल गरेपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली बैठक बोलाउन तयार हुनुभएको हो ।

यसअघि ओली तयार नहुँदा १३ साउनयता बैठक बस्न सकेको थिएन । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले दुई अध्यक्षबीच आगामी शुक्रबार बैठक बोलाउने सहमति भएको जानकारी दिनुभयो ।

सोमबार बालुवाटारमा भएको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस !