चितवनः जिल्लाका ३३ जना सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको २ सय ६२ जनाको नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन ।
संक्रमित मध्ये भरतपुरम महानगरका २१ जना, कालिकाका ९ जना, रत्ननगरका २ जना र खैरहनीका १ जना रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३८ पुगेको छ ।
यस्तै नवलपुरका ३ जना धनुसा, रौतहट, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु, सुनसरीका एक एक जना रहेको प्रयोगशालाले जनाएको छ ।