![](https://www.clickkhabar.com/wp-content/uploads/2020/05/Corona-in-Police-900.jpg)
चितवनः वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत चार प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख सहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङ्का अनुसार सङ्क्रमित हुनेमा २ जना प्रहरी अधिकृत, एक जना प्रहरी जवान र एक जना भान्से रहेका छन् ।
उनीहरुलाई आज कोरोना कोरोना संक्रमण देखिएको हो । कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण देखिए संगै कार्यालय वन्द गरिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका प्रहरीहरुको पिसीआर परिक्षण र कार्यालय निर्मलिकरण गर्नका लागि शिल गरिएको गुरुङ्ले बताउनुभयो ।
सङ्क्रमित सबैको अबस्था सामान्य रहेको छ ।