चितवनः चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १५ का ७० वर्षिय वृद्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार स्वाशप्रस्वाशमा समस्या देखिए पछि भदौ १२ गते अस्पताल भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए पछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखि उनको उपचार गरिरहेकोमा आज विहान ८ वजे मृत्यु भएको हो ।
यस संगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । चितवनका १२ जना, मकवानपुरका ५ जना, नवलपरासी सुस्ता पूर्बका २ जना, वारा, गोर्खा र कैलालीका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।