चितवनः जिल्लामा थप २८ जना संक्रमित थपिएका छन् । दुईवटा प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा शुक्रबार राति गरिएको परीक्षणमा २७ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जसमध्ये चितवनका २८ र अन्य विभिन्न जिल्लाका ८ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् ।

यस्तै राप्ती नगरपालिकाका १ र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि मकवानपुरका २, रुपन्देहीका २, काठमाडौं, पर्सा, गुल्मी र नवलपरासी पूर्वका एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !