चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले स्कुटरमा गाँजाको तस्कर गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ६ का २१ बर्षिय अमृत बम्जन र वडा नम्बर ७ का २० वर्षिय सबिन घले रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी जुटपानीले आज दिउँसो ४ वजे कालिका नगरपालिका वडा नम्बर ७ खानेपानीको कार्यालय नजिकबाट पक्राउ गरेको हो । उनीहरुले स्कुटरमा ८ किलो ९० ग्राम गाँजा लुकाएर ल्याएका थिए । उनीहरुबाट गाँजा सहित नम्बर नराखिएको नयाँ स्कुटर समेत वरामत गरिएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !