काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

१२ बजेपछि सुरु भएको बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएको छ ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

६ महिनादेखि राष्ट्रियसभामा १ सदस्यको पद खाली छ । योसँगै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा बिदा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस !