चितवनः प्रतिवन्धित पाटी नेपाल कम्युनिष्ट पार्टिका चितवन जिल्ला इन्चार्ज लालबहादुर बि सिलाई प्रहरीले पुनः पक्राउ गरेको छ । सर्बोच्च अदालतको आदेशमा रिहा भए लगत्तै बिसिलाई पुनः पक्राउ गरिएको हो ।

सुदिप ढकालले दायर गर्नु भएको बन्दि प्रत्यक्षिकरणको रिट माथि सुनुवाइ गर्दै बिहिबार सर्बोच्च अदालतले नेता बि सि लाइ रिहा गर्न आदेश जारि गरेको थियो। चितवन जिल्ला न्यायधिस हेमन्त रावलको रोहवरमा रिहा भय लगत्तै जिल्ला अदालत चितवनको गेट बाहिरबाट पुन पक्राउ गरि सुनसरि पठाईएको छ ।
सुनसरीमा हातहतियार र संगठीत अपराध सम्बन्धि मुद्धा रहेकाले विसिलाई सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिसि लाइ प्रहरिले साउन १२ गते पुर्वि चितवनको राप्ति नगरपालिका ९ रसौलिबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस !