कोरियाः दक्षिण कोरिया रोजगारीका लागि पुगेका १८ जना नेपाली कामदारमा कोरोना संक्रमण देखिएको छ ।कोरियामा कार्यरत नेपालीमा कोरोना देखिएको पहिलो पटक हो ।
कोरियाको चोङ्नामस्थित हानुल नोङ्सान फुड कम्पनीमा कार्यरत १८ जना कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले बिहीबार जानकारी दिएको थियो ।
उक्त कम्पनीमा कार्यरत २० वर्षीया नेपाली महिला कामदारले कोरोना परीक्षा गराएपछि उनमा कोरोना पुष्टि भएको विभागले जनाएको छ । ती महिला कामदारलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यमा पनि कोरोना देखिएको विभागले जनाएको छ ।
सङ्क्रमित १८ जनाकै उपचार भइरहेको कोरिया सरकारले गरिरहेको कोरियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । उनीहरूसँगै काम गदै आएका २६ जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरूसँंग सम्पर्क भएको भनिएका १ सय ३१ जनाको पनि परीक्षण भइरहेको जनाइएको छ ।