चितवनः जिल्लामा गरिएको परिक्षणका क्रममा थप ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्छि भएको छ ।

चितवन मेडिकल कलेजमा बिहीबार राति गरिएको परीक्षणमा चितवनका ५७ र ३१ जना चितवन बाहिरका छन् । कलेजमा गरिएको ७ सय ३ नमुना मध्ये सो संख्यामा संक्रमित थपिएको हो ।

चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरका मात्रै ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै राप्ती नगरपालिकाका ९, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २, खैरहनी नगरपालिकाका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !