चितवनः जिल्लमा जारी निषेधाज्ञा हटाउने मनस्थितिमा स्थानीय तहहरु पुगेका छन् । कोरोना भाइरसको संक्रमण वढ्दै गएको समयमा स्थानीयतहहरु भने निषेधाज्ञा हटाउँदै लकडाउन गर्ने पक्षमा पुगेका हुन् ।

राप्ती नगरपालिका प्रमुख प्रभा वरालका अनुसार निषेधाज्ञा हटाउँदै लकडाउन गर्ने पक्षमा सबै स्थानीय तहहरु रहेका छन् । अहिले जिल्लामा गरिएको निषेधाज्ञा तेस्रो हप्ता जारी छ ।

उहाँले भन्नुभयो “निषेधाज्ञा हटाउने र लकडाउन गर्ने बिषयमा हाम्रो सल्लाहा भएको छ ।”उद्योग व्यापारका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै लकडाउनलाई पनि लचिलो वनाउनु पर्ने पक्षमा पूर्बी चितवनका चार नगरपालिका रहेका छन् । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका निषेधाज्ञा मात्रै रोग नियन्त्रणको बिकल्पन नरहेको पक्षमा पुगेको वरालले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिका प्रमुख नारायण वन यवसायीक क्षेत्रलाई बिस्तारै संञ्चालनमा ल्याउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “रोगले भन्दा भोकले मान्छे मर्ने भए । हामी पूर्बी चितवनका नगरप्रमुखहरु लकडाउन पनि केही लचिलो भएर गर्ने पक्षमा छौ ।” व्यापार व्यवसायलाई निश्चित समय निधारित गरेर सामाजिक दुरी कायम गर्न लगाउने तयारी गरेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाले भने अहिलेनै के गर्ने भन्ने विषयमा टुङ्गोमा पुगेको छैन । तर महानगर प्रमुखको सचिबालयका अनुसार निषेधाज्ञा नहटे पनि केही लचकता अपनाउने पक्षमा महानगर रहेको छ । उद्योगी व्यवसायीहरुको चौतर्फि दबाबका निषेधाज्ञा केही खुकुलो गर्ने तयारी गरेको सचिबालयले जनाएको छ ।

 

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा कोरोना संक्रमणको त्रास वढ्दै गए पछि पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातीबाट निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा भरतपुर महानगर क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन ३२ गते माडी वाहेक जिल्लााका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको थियो ।

 

भदौ ५ गते देखि भने जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण वढ्दै गए पछि भदौ १९ गते सम्मका लागि निषेधाज्ञा जारि गरेको थियो । भदौ १२ गते दोस्रो हप्ता सक्कीदै गर्दा निषेधाज्ञामा आधा कर्मचारीले सरकारी कार्यालयको आन्तरिक काम र बिहान १० वजेबाट १ वजे सम्म बैंक तथा बित्तिय संस्था संञ्चालन गर्ने गरी निषेधाज्ञा जारी राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !