चितवनः जिल्लामा कोरोना सङ्क्रमणबाट आज मात्रै दुई जनाको मृत्यु भएको छ ।  चितवन मेडिकल कलेजमा उपचारत थप एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षिय पुरुष रहेका छन् ।

कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार हेपटाईटिस वि. का कारण उनी भदौ ५ गते अस्पताल भर्ना भएका थिए । उनको भदौ १० गते गरिएको श्वाब परिक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज दिउँसो २ः२० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै बुधबार राती विहाना भरतपुर महानगरपवालिका वडा नम्बर ११ की ४० वर्षिया महिला कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो संगै जिल्लामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, नवलपरासी सुस्ता पूर्बका २ जना, वारा, गोर्खा र कैलालीका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । हाल सम्म जिल्लामा संक्रमितको संख्या ८ सय ६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !