चितवनः भरतपुर कोभिड १९ प्रयोशालाले कोरोना परीक्षणको नतिजा मोवाईलबाटै पठाउने भएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवाारीका अनुसार प्रयोगशालामा सफ्टवेयर जडान गरि परिक्षणको काम भईसकेकाले सम्भवत आजबाट मोवाईमानै नतिजा पठाईने छ ।
उहाँले भन्नुभयो“ सम्भवत आज देखि हामी कोरोना परिक्षणको नमुना दिएर नतिजा पर्खिरहेकाहरुलाई म्यासेजमा नतिजा पठाउँने छौ ।” नमुना दिएकाहरुले म्यासेज खोल्दा नेगेटिभ र पोजेटिभ देखिने छ भने पासओड राखेर डाउनलोड गरेपछि बिस्तृत बिबरण हेर्न र प्रिन्टगर्न सकिने तिवारीले जानकारी दिनुभयो । हाल अस्पतालले नेगेटिभ आएकको नाम फेसबुक मार्फत सार्वजनिक गर्ने गरेको छ भने पोजेटिभ आएकालाई टेलिफोन गरि भन्ने गरिएको छ ।
प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले नमूना दिने सम्बन्धित व्यक्तिले नमूना दिँदा आफ्नो यथार्थ विवरण, नाम, ठेगना, उमेर र मोवाइल नम्बर दिन अनुरोध गर्नुभयो । नम्बर प्रष्ट नभएमा नतिजा अन्यत्र जाने भएकाले सबैलाई ध्यान दिन उहाँले आग्रह गनुभयो । यो प्रयोगशाला गएको चैत्र २१ गतेबाट संञ्चालनमा आएको हो । प्रयोगशालामा स्वचालित प्रणालीबाट संञ्चालन गर्न सकिने उपकरण जडानको तयारी भईरहेको छ । प्रयोगशालामा हाल सम्म २१ हजार भन्दा वढि नमुना परिक्षण गरि सकिएको छ ।
जस मध्ये १६ हजार चितवनको रहेका छन् ।