
चितवनः भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा नमुनाको चाप वढेपछि चितवन मेडिकल कलेजमा परिक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ ।
चितवन मेडिकल कलेजले आबश्यक किट उपलव्ध गराएमा १० हजार नमुना निशुल्क परिक्षण गर्ने जनाएको थियो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले भरतपुर प्रयो्गशालामा चाप वढ्दै गएर नतिजा आउन ढिलाई भए पछि मेडिकल कलेज पठाएको बताउनुभयो । चाप वढ्दै जाँदा नतिजा आउन ढिलाई भएको र सङ्क्रमणको खतरा वढेको हुँदा छिटो नतिजा दिनका लागि निजीमा पठाईएको उहाँले जनाकारी दिनुभयो ।
चितनव मेडिकल कलेजका अध्यक्ष एबं प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले आबश्यक रिएजेन्ट उपलव्ध गराएमा आफुहरुले १० हजार नमुना परिक्षणमा अन्य शुल्क नलिने जनाएको बताउनुभयो । अहिले अस्पतालले रिएजेण्ट उपलव्ध नगराई पत्र पठाएर परिक्षण गर्न अनुरोध गरे पछि काम थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल पठाईएका नमुनाको नतिजा आज आउने छ ।
चितवन मेडिकल कलेजको प्रयोगशाला स्वचालित रहेको छ भने भरतपुर कोभिड प्रयोगशाला म्यानुअयल हो । भरतपुर कोभिड प्रयोगशालाले ६ घण्टामा ९६ वटा नमुना परिक्षण गर्न सक्छ भने मेडिकल कलेजको प्रयोगशालाले त्यतीनै समयमा ४ सय वटा नमुना परिक्षण गर्न सक्छ । भरतपुर कोभिड १९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले यस अघि प्रयोगशालामा चाप हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्यस मार्फतका सरकारी प्रयोगशालामा पठाईएकोमा अहिले चितवन मेडिकल कलेज पठाईएको जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा संक्रमणको दर वढे संगै कन्ट्याक्ट ट्रेसिङ्का परिक्षण गर्नुपर्ने वढेको छ ।