चितवनः चितवन मेडिकल कलेजमा उपचारत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपवालिका वडा नम्बर ११ की ४० वर्षिया महिला रहेकी छन् ।

अस्पतालका अध्यक्ष एबं प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेका अनुसार भदौ ५ गते स्वाशप्रस्वाशमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राती १२ः४० वजे मृत्यु भएको अस्पतालले जनायको छ ।

यो संगै जिल्लामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्बका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !