चितवनः भरतपुर महानगरपालिकाका १९ सहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा २ सय १८ जनाको परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन ।

संक्रमित मध्ये १ जना सर्लाहीका रहेका छन् भने अन्य सबै चितवनका हुन । चितवनको रत्ननगरका ८ जना, खैरहनीका ४ जना, कालिकाका ५ जना र माडीका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा १६ वर्ष देखि ७७ वर्ष उमेर समुहका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !