
चितनवः जिल्ला प्रशासन कार्यालय चितवनले अस्पतालमा आएका गुनासो सुन्नका लागि संयन्त्र निर्माण गरेको छ । अस्पतालमा आउने बिरामीलाई सहज रुपमा उपचारको व्यवस्था गर्न संयन्त्र निर्माण गरेको हो ।
भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको अध्यक्षतामा सदस्यिय संयन्त्र गठन गरेको हो । गठन भएको संयन्त्रले काम गरिरहेको भए पनि गुनासो आउन थालेको भन्दै गुनासो सुन्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाही फिल्ड अधिकृत जिल्ला प्रहरी कार्यालय चितवनको एक प्रतिनिधि, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र लाई गुनासो सुन्ने जिम्मेवारी तोकीएको छ ।
पछिल्लो समयमा कोरोना संक्रमणको कारण देखाउँदै अस्पतालहरुले बिरामीको उपचार गर्न नमाने पछि यो संयन्त्र निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।