चितवनः जिल्लाका अस्पतालहरुमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार वाहिर आए संगै स्थानीय प्रशासनले अनुगमन सुरु गरेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भए पछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अबस्था, दक्ष जनशक्तिको अबस्था, संस्थाले दिदै आएको सेवा, कोरोना सङ्क्रमितको अबस्था, सङ्क्रमितका लागि छुट्याईएको शैया लगाएतका बिषयमा अनुगमन गरेको हो ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको नेतृत्वमा भरतपुर क्षेमा रहेका ६ वटा निजी अस्पतालको अनुगमन गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार दुईवटा मेडिकल कलेज, मनकामना अस्पताल, नारायणी सामुदायीक हस्पिटल, सिटि अस्पताल लगाएतमा अनुगमन गरेको हो ।

शर्माले अस्पतालमा आएका बिरामीले उपचार नपाएको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको बताउनुभयो । अनुगमनलाई नियमित रुपमा प्रत्यक्ष र अप्रत्यक्ष गरि गरिने उहाँले जानकारी दिनुभयो ।

केही दिन अघि जिल्लाका निजी अस्पतालहरुले बिरामी भर्ना नलिए पछि भरतपुर अस्पतालमा पुगेको केही समयमा तीन जनाको एकै दिन मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको समयमा अस्पतालहरुले बिरामीलाई उपचार नगर्नु भनेको जिम्मेवारीबाट पन्छीनु भएकाले त्यस्तो हुन नदिनका लागि अनुगमन गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “संञ्चार माध्यममा आएका कुराले प्रशासनको ध्यान केन्द्रित गरेको छ । त्यस्तो पाईएमा कानुन अनुसार कडा कारवाही गरिने छ ।”

प्रतिक्रिया दिनुहोस !