चितवनः जिल्लामा कोभिड १९ का कारण रगतको अभाव भए पछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोवाईल क्याम्प खडा गरि २ सय ८६ युनिट रगत संकलन गरेको छ । भदौ ८ गतेबाट ८ दिनमा १७ ठाउँमा रक्तदान कार्यक्रम गरिएको हो ।
मञ्चका दृतीय उपाध्यक्ष सूर्यभक्त अधिकारीका अनुसार आजलाई रोकेर भोलिबाट यो अभियानलनई निरन्तरता दिनईने छ । रक्तसंञ्चार केन्द्र भरतपुरकका दुई कर्मचारीलाई सङ्क्रमण भए पछि एक दिनलाई कार्यक्रम रोकिएको उहाँले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार धर्मचोकबाट सुरु भएको अभियान अन्तर्गत गैडाकोट, गितानगर, नारायणगढ, सौराहा, शुक्रनगर, जिल्ला प्रहरी कार्यालय चितवन परिषर लगाएतका क्षेत्रमा शिबिर गरिएको हो । मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार गितानगरको केशरबाग र जिल्ला प्रहरी कार्यालयमा धेरै युनिट रगत संकलन भएको थियो ।
रगतको अभाव भईरहेको वेला थोरै मानिसहरु जम्मा गरेर उच्च साबधानिका साथ गरिएकाले टोलटोलबाट रक्तदानका लागि टेलिफोन आउने गरेको रानाभाटले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले नेपाल सरकारको संक्रमण ऐन भित्र रही सम्पूर्ण कार्य गरिएको जानकारी दिनुभयो । मञ्चले चितवन र छिमेकी जिल्लाका आ–आफ्नो टोलमा संयोजन गरि मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ । सापकोटाले भन्नुभयो “यसमा हामी सबैको सहभागिता आ–आफ्नो टोलमा मात्रै रहने छ ।”
रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रगतको अभाव भईरहेका वेला यो अभियान निकै उपयोगि भएको बताउनुभयो । उहाँले भन्नुभयो “संकटको वेलामा मञ्च सबैका लागि सहयोगी वन्यो ।”
यसअघि दैनिक ६० पोका सम्म रगत संकलन हुदै आएपनि निषेधाज्ञा पछि रगत संकलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीको लागि पनि रगत पाउने अबस्था नभएको उहाँले बताउनु भयो । जिल्लामा तेस्रो साता निषेधाज्ञा जारी छ । पौडेलका अनुसार जिल्लाका अस्पतालहरुमा दैनिक औसत १सय ५० युनिट रगत आवश्यक पर्छ ।
केन्द्रले यसअघि चितवन संगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुर लगाएतका जिल्लाबाट रगत संकलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढि प्रभाबित भएका छन् । वाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ ।
कोरोना त्रासका कारण बिगतमा रक्तदान गर्नेहरु समेत अहिले डराएका छन् ।