चितवनः क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिए पछि केन्द्र शिल गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राबिधिकलाई सङ्क्रमण देखिएको हो । यस संगै आज बिहानबाट केन्द्र शिल गरिएको उहाँले जानकारी दिनुभयो ।
केन्द्रलाई पूर्णरुपमा निर्मलिकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ् गरे संगै केन्द्र संञ्चालनमा आउने पौडेलले जानकारी दिनुभयो । पौडेलले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालना गरेर निर्मलिकरण गरिने जानकारी दिनुभयो । तत्काल रगत चाहिने बिरामीहरु प्रभाबित भएका छन् ।