चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्कींदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजि ३५ वर्षिय वोलेरो चालक पुरुष रहेका छन् ।

नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा १९ च ७६७७ नम्बरको वोलेरो र बिपरित दिशावाट आईरहेको ग २ ख ४३१९ नम्बरको ट्रक बिहान ११ः३० वजे एक आपसमा ठक्कर खाएका थिए ।
ठक्करबाट घाईते वोलेरो चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम, थर, ठेगाना खुल्न सकेको छैन । ठक्कर खाने दुबै सवारी र ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !