चितवनः भरतपुर महानगरपालिकाको महत्वपूर्ण परियोजना सिटिहलको निर्माण आउँदो महिनाबाट थालिने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा अत्याधुनिक सिटिहलको निर्माण गर्न लागिएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटिहल निर्माणको लागि ठेकेदार छनौट प्रकृया अन्तिम चरणमा पु¥याएको छ । सिटिहल निर्माणका लागि आव्हान गरिएको वोलपत्रको प्राबिधिक प्रस्ताब अनुमोदन भैसकेको छ । बोलपत्रमा १५ ठेकेदार कम्पनी सहभागी भएका थिए । जस मध्येबाट छनौटमा परेका पाँचवटा कम्पनीको आर्थिक प्रस्ताब मुल्याङ्कन गरि शहरी तथा भवन निर्माण बिभागमा सोमबार पठाईएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।
बिभागबाट अन्तिम स्विकृत भए लगत्तै कामका लागि छनौट भएका ठेकेदार कम्पनीलाई एक साताको सूचना जारी गरेर दावी विरोध नभएमा १५ दिन भित्र वोलाएर काम सुरुबात गर्न लगाईने उहाँको भनाई छ । यी सबै प्रकृया सम्पन्न गरी असोजबाट निर्माण सुरु गर्न सकीने भएको छ ।
सम्झौता मितिको २७ महिना भित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । वोलपत्र रकम मूल्य अभिबृद्धि कर वाहेक रु १ अर्ब ६ करोडको रहेको छ । आर्थिक प्रस्ताब विभागबाट अनुमोदन भै नसकेकाले के कतिमा बोलपत्र सदर हुन्छ भन्ने बारेमा आयोजनाले नजनाए पनि लगत स्टमेट भन्दा कममा बोलपत्र प्रस्ताब गरिएको जनाईएको छ ।
बिभागका महानिर्देशक मणीराम गेलालले आर्थिक प्रस्ताब आफुले तोक लगाएर अघि वढाई सकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आज या भोलीमा चितवन पुग्छ ।” यस लगत्तै सामाग्री पाएमा काम अघि वढ्ने उहाँको भनाई छ ।
भरतपुर महानगरको गौरबको रुपमा सभा हललाई लिईएको छ । चार विगाह जमिनमा निर्माण गर्न लागिएको सभाहलमा मुख्य अडिटोरीयम व्लकमा २ हजार जना अट्ने सुबिधासम्पन्न सभाहल हुने छ । संगै ३ सय जना क्षमताको कन्फ्रेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने अर्यालले जानकारी दिनुभयो । चारवटा भ¥याङ्ग, प्रबेशद्धार, आकर्षक स्टेज, रिहलसल कक्ष रहने छन् । मुख्य व्लक ७ हजार वर्गमिटरमा फैलिएको उहाँको भनाई छ ।
अर्यालले भन्नुभयो “मुख्य व्लक मात्र एक विगाह क्षेत्रफलमा फैलिएको छ ।”सिटिहल परिसरमा २ पाङ्ग्रे ३ सय १७ वटा र ४ पाङ्ग्रे ६७ वटा गाडी अट्ने क्षमता रहने छ । त्यस्तै बिशिष्ट व्यक्तीहरुका सात वटा सवारी अट्ने छुट्टै पार्किङ हुने अर्यालले जानकारी दिनुभयो । हाल नेपालमा यति क्षमताको संञ्चालनमा रहेको सभाकक्ष छैन । अर्यालले भन्नुभयो “नेपाली शैलीमा वन्ने भएपनि उच्च स्तरी सामाग्रीहरु प्रयोग गरि अत्याधुनिक वनाईने छ ।”
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल निर्वाचित भएदेखि नै सभाहलका लागि जुट्नु भएको हो । दाहालले भन्नुभयो “पहिले त जग्गा पाउनै मुस्किल भयो जग्गा पाएपछि सम्पूर्ण प्रकृया पुरा गर्न समय लाग्यो ।” दाहालले भदौ अन्तिम साताबाट काम थाल्ने तयारी गरेको भए पनि आसोज लाग्न सक्ने बताउनुभयो । उहाँले थप्नुभयो “यो महानगरको शान हुने छ ।”
यसले स्वदेश र विदेशमा चिनाउने उहाँको विश्वास छ । अत्याधुनिक र सुबिधा सम्पन्न हुने भएकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलन गर्न सहज हुने दाहालको भनाई छ । जिल्लामा ठूलो सिटिहल निर्माणका लागि यहिँबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको निरन्तर प्रयास सफल भएको उहाँले बताउनुभयो । जिल्लाको बिकासमा सिटिहल कोशेढुङ्गा हुने विश्वास लिईएको छ । ठूला कार्यक्रम गर्ने ठाउँको अभावमा देशकै केन्द्रविन्दु भएर पनि यहाँ हुन सकेका थिएनन् । दाहालले भन्नुभयो “ठूला दलका सभा सम्मेलन देखि महाधिबेशन सम्म गर्न सकीने छ ।”
प्रमुख दाहालले सुरुमा गरिएको नक्साङ्गकनमा अरु धेरै संरचना भए पनि पछि केही घटाईएको बताउनुभयो । सुरुमा रु २ अर्ब लाग्ने गरि नक्साङ्गकन गरिएको थियो । संरचना क्रमश थप्दै लगिने उहाँले जानकारी दिनुभयो ।
जिल्ला बासीको सकारात्मक सहयोगले गर्दा पनि यो महत्वपूर्ण परियोजना सुरु गर्न सकिएको दाहालको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस !