
चितवनः नेपाल बिध्यार्थी संघ चितवनले अस्पतालहरुले उपचारका लागि भर्ना समेत नलिएको भन्ने विषयमा नेबिसंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेबिसंघ चितवनका उपाध्यक्ष राजन दाहालले आफ्नो सामाजिक संञ्जालमा लेख्नुभएको छ “अस्पतालले आफ्नो जिम्मेवारी बिशियका छन् । मानविय समवेदना बिशियर निहित स्वार्थका लागि बिरामीको उपचार गर्न छाडेका छन् । यस प्रति नेपाल बिद्यार्थी संघको ध्यान केन्द्रत भएको छ ।”
उहाँले लेख्नुभएको छ“बिरामीको उपचार नगर्ने भए अस्पताहरु वन्द गरौ । होईन भने उपचार नपाएर बिरामी मोनु भनेको कतिको राम्रो कुरा हो ।” सोमबार अस्पताहरुले भर्ना नलिए पछि तीन जना बिरामीको भरतपुर अस्पताल पु¥याएको केही समयमानै मृत्यु भएको थियो । सोही घटनालाई लक्षित गर्दै उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ “अस्पतालको सरहमा बिरामीले उपचार नपाउने मेरो सहर कस्तो सहर ।”
उपचारका लागि आएका बिरामीले सेवा नपाएको भन्दै अहिले सामाजिक सञ्जालमा बिरोध भईरहेको छ ।