चितवनः कपिलबस्तुको लुम्बिनिबाट क्यान्सर अस्पताल बिरामी लिएर आउँदै गरेको जिप दुर्घटना हुदा पाँच जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लुम्बीनिबाट बिरामी लिएर क्यान्सर अस्पताल आउँदै गरेको लु २ च ६००५ नम्बरको जिप भरतपुर महानगरपालिका वडा नम्बर २ लायन्सचोकमा दुर्घटनामा परेको हो ।

अनियन्त्रीत भई रोड डिभाईडरमा ठेक्कींदा जिपमा सवार ५ जना घाईते भएका हुन । उनीहरुको अबस्था मध्यम रहेको र भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चालक र जिप प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !