चितवनः पृथ्वी राजमार्ग अन्तर्गत ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको वरहथवा २ का १५ वर्षिय बादे रानामगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार घाईते रानामगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य घाईतेको अबस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौंबाट बिरामी लिएर सर्लाही जान आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आँफै अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल त्रिशुली नदी किनारमा खस्दा चालक सहित एम्बुलेन्समा सवार घाईते भएका हुन ।
दुर्घटना बिहान ५ः१५ वजे भएको थियो ।

प्रतिक्रिया दिनुहोस !