चितवनः जिल्लाका १९ जना सहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिनेमा भरतपुर महानगरका १० जना, रत्ननगरका ५ जना, खैरहनीका ३ जना, राप्तीका १ जना रहेका छन् ।
यस्तै हेटैडाका दुई जना, महोत्तरीका १ जना, नवलपुरका ३ जना, कैलालीका दुई जना र रुपन्देहीका २ जना रहेको चितवन मेडिकल कलेजको प्रयोगशालाले जनाएको छ । १ सय ४४ नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस !