चितवनः पृथ्वी राजमार्ग अन्तर्गत ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । घाईते मध्ये एक जनाको अबस्था गम्भिर छ भने अन्यको अबस्था मध्यम रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट बिरामी लिएर सर्लाही जान आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आँफै अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल त्रिशुली नदी किनारमा खस्दा चालक सहित एम्बुलेन्समा सवार घाईते भएका हुन ।
घाईते सबैको उपचारका लागि भरतपुरका अस्पतालमा ल्याईएको छ । दुर्घटना बिहान ५ः१५ वजे भएको थियो ।

प्रतिक्रिया दिनुहोस !