चितवनः जिल्लामा कोरोना संक्रमणको वढ्दै गउको सममया अन्य रोगका बिरामीले उपचार नपाएर मर्न थालेपछि प्रशासन कडा रुपमा प्रस्तुत भएको छ । पछिल्ला दिनमा उपचारका क्रममा आएका बिरामीलाई उपचार नगरि पठाए पछि प्रशासनले कारवाही गर्ने चेतावनी दिएको छ । केही दिन देखि उपचार नपाए बिरामीको मृत्यु भएको भन्ने समाचार आए पछि प्रशासनले अस्पतालहरु प्रति कठोर वन्नुपरेको जनाएको छ ।
“अस्पतालको सहर”मा डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु भएको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय, चितवनले बिरामीलाई आकस्मिक सेवाबाट बञ्चित नगर्न निर्देशन दिएको हो।
आइसियू र भेन्टिलेटर नभएको भन्दै अस्पतालले बिरामीको उपचार नै सुरू नगरेको समाचार सार्वजनिक भएपछि प्रशासनले जरूरी सूचना जारी गर्दै अस्पतालहरूले आइसियू र भेन्टिलेटर खाली नभएको अवस्थामा पनि आकस्मिक कक्षमा राखेर उपचार सेवा सुरू गर्न निर्देशन दिएको हो।
साथै, प्रशासनले सम्पूर्ण अस्पतालले अबदेखि आइसियू शैय्या र भेन्टिलेटर भरिएको वा खाली रहेको संख्या हरेक दिन बेलुका पाँच बजे सार्वजनिक गर्नुपर्ने र सोको विवरण प्रशासनलाई दिनुपर्ने भनेको छ।
जरूरी सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बिरामी “रिफर” गर्नुपूर्व रिफर गरिने अस्पतालमा शैय्या खाली भए–नभएको यकिन गर्न आग्रह गरेको छ ।
प्रशासनले एम्बुलेन्सले व्यक्तिगत स्वार्थका लागि अस्पताल घुमाएको भए कारबाही गर्ने चेतावनी पनि दिएको छ।
प्रशासनले स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित हुनेगरी कुनै पनि गतिविधि नगर्न आग्रह पनि गरेको छ।