चितवनः युवा जागरण (सजगता) अभियान चितवन जिल्लाको संयोजकमा सामाजिक एबम् राजनीतिक ब्यक्तित्व युबा नेता अरुणेस्वर र्खनाल मनोनित हुनुभएको छ ।अभियानको संगठन विस्तार , नीति , योजना तथा कार्यक्रम संचालनको लागि विभिन्न ब्यक्तित्व लाई मनोनयन गरिएको हो । बागमती प्रदेशका जिल्लाहरुमा, प्रदेश नम्बर २ र कर्णाली प्रदेशका बाँकी जिल्ला र प्रदेश १ का जिल्लाहरुमा जिल्ला संयोजकको जिम्मेवारी दिईएको हो ।
नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ३ का प्रबक्ता, नेपाल बिद्यार्थी संघ चिवतनका पूर्ब जिल्ला अध्यक्ष, नेबिसंघ बिरेन्द्र वहुमुखी क्याम्पसका अध्यक्ष एबं स्ववियू सभापति लगाएतको जिम्मेवारी निर्वाह गर्नु भएका खनाललाई आज सो जिम्मेवारी दिईएको हो । लामो समय सम्मे जेशिशको अभियान्त समेत रहनु भएका खनालले युवाहरुलाई जगरुक वनाई समाज परिवर्तनमा लाग्ने बताउनुभयो ।
जसमा प्रदेश २ संयोजक संजीव कुमार यादव ,कर्णाली प्रदेश संयोजक इश्वर बहादुर बिष्ट ,बागमती प्रदेश संयोजक पुनम लामालाई तोकिएको अध्यक्ष चिन्तन पौडेलले जानकारी दिनुभयो ।