चितवनः जिल्लाका १६ संङ्क्रमित सहित थप २४ जनामा कोरोना सङ्क्रमिण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा १ सय ५९ नमुना परिक्षणका क्रममा उनीहरुमा सङ्क्रमिण देखिएको हो । सङ्क्रमित हुनेमा भरतपुर महानगरपालिकाका १५ र रत्ननगर नगरपालिकाका २ जनामा सङ्क्रमिण पुष्टि भएको हो ।
यस संगै मकवानपुरका ३ जना, नवलपुरका ३ जना र नवलपरासीका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २९ कि १ वर्षिय वालिका देखि ७८ वर्षिय वृद्धा सम्मा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । यस संगै सङ्क्रमण भेटिएर आईसोलेसनमा बसेका दुई जनामा पुनः कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ९ पुगेको छ । जस मध्ये ६ जनाको मृत्यु भई सकेको छ । जिल्लाका दुई वटा प्रयोगशाला र प्रदेश प्रयोगशाला धुलिखेलमा गरिएको नमुना परिक्षणका क्रममा जिल्लामा सङ्क्रमितको संख्या वढ्दो छ । कोरोना सङ्क्रमण वढ्न थाले संगै स्थानिय प्रशासनले तेस्रो साताको निषेधाज्ञा जारी राखेको छ ।