चितवनः नगर क्षेत्र भित्र कृषकले लगाएको धान वालिमा बिभिन्न रोगको समस्या देखा पर्न थालेपछि राप्ती नगरपालिकाका प्रमुख प्रभा वराल प्राबिधिक सहित आँफै खेतमा पुग्ने गर्नु भएको छ । आईतबारबाट प्रत्यक्ष रुपमा प्राबिधिकहरु लिएर जान सुरु गरेको गरिएको बरालले बताउनुभयो ।

निरिक्षणमा नगरप्रमुख प्रभा वराल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमल्सिना, नगरपालिकाका कृषि शाखा प्रमुख विजय डल्लाकोटी लगाएतको टोलि खेतमा पुग्ने गरेको छ । “जहाँ समस्या देखिन्छ त्यहाँ पुगेर समस्याको समाधान गछौ” बरालले बताउनुभयो ।

कृषकले लगाएको धान बालिमा बिभिन्न किसिमका रोगको सङ्क्रमण देखिन थाले पछि स्थलगत अध्ययन सुरु गरिएको प्रमुख वरालले बताउनुभयो । बरालका अनुसार ६० विगाह क्षेत्रफलमा लगाईएको धान वालिमा बिभिन्न रोगको संक्रमण देखि पछि नगरपालिका प्राबिधिक सहित कृषक संग परामर्शमा जुटेका हो ।

निरिक्षणका क्रममा धानमा सिथ व्लाईट (Sheath Blight) नामक रोगले सङ्क्रमण गरेको भेटिएको उहाँले जानकारी दिनुभयो । यो रोगको सङ्क्रमण हटाउने बिषयमा समेत कृषलकई जानकारी गराईएको वरालको भनाई छ । कृषि शाखामा परेको गुनासो सुनुवाईमा नगरपालिकाले चासो दिएको हो ।

वरालले भन्नुभयो “कृषकका समस्यालाई प्रथामिकतामा राखि हामीले काम गरेका छौ ।” तीन वालि खेति हुने ठाउँमा लगाईएको धानमा अहिले समस्या देखिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस !