चितवनः पोखरीमा रहेका माछा चोर्न जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षिय नवराज दराई र निर बहादुर राना मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चिवतनका प्रबक्ता प्रहरी नायब उपरिक्षक सूर्य वहादुर थापाका अनुसार रातीको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भए पछि छोडेको बिद्युतीय तारबारमा उनीहरुलाई करेन्ट लागेको थापाले जानकारी दिनुभयो ।
मृतकहरुको साथमा माछा मार्ने जाल समेत रहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।