चितवनः भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । अस्पतालको कोभिड १९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ६ का ७८ वर्षिय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भए पछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज विहान ७ः२० वजे मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।

यो संगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भई सकेको छ । मृत्यु हुनेमा चितवनका ६ जना रहेका छन् । जस मध्ये एक जनाको घरमानै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका ३ जना, कैलाली, गोरखा, वारा र सुस्ता पूर्ब नवलपारासीका १÷१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !