काठमाडौंः नेपाली सेनाको आपुर्ती तथा परिवहन गणमा कार्यरत एक सैनीक जवालने आत्महत्या गरेका छन् । भद्रकाली स्थित सेनाको पेट्रोल पम्पमा कार्यक्षेत्रमा रहेको समयमा तनहुँको रानीपोरी घर भएका २७ वर्षिय दामोदर क्षेत्रीले आत्महत्या गरेका हुन् ।
उनले आँफैले बोकेको बन्दुकले टाउकोमा गोली हानी आत्महत्या गरेका हुन ।






