
चितवन: चितवन मेडिकल कलेजमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ का ५२ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
सामान्य ज्वरोको बिरामी भई यही भदौ ४ गते अस्पतालमा भर्ना भएको उनमा ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज दिउँसो १२ वजे कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो संगै कोरोनाका कारण चितवनमा १२ जनाको मृत्यु भई सकेको छ । मृत्यु हुनेमा चितवनका पाँच जना रहेका छन् । जस मध्ये एक जनाको घरमानै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका ३ जना, कैलाली, गोरखा, वारा र सुस्ता पूर्ब नवलपारासीका १÷१ जना रहेका छन् ।