चितवनः भरतपुर महानगरपालिकाले आजबाट बागेश्वरीमा ७५ शैयाको आईसोलेसन संञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासंगै उपचार गरिने भएको छ । श्री वागेश्वरी आध्यात्मीक परिषद योगी नरहरीनाथ आश्रम अन्तर्गन योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय सञ्चालन भएको वागेश्वरी क्षेत्रमा आईसोलेसन बनाईएको हो ।

आईसोलेसनको आज सुबारम्भ गर्नुहुँदै महानगर प्रमुख रेनु दाहालले आबश्यकता अनुसार क्षमता बिस्तार गर्दै लगिने वताउनु भयो । उहाँले यस अघि महानगरले देशमानै पहिलोपटक कोरोना अस्पताल स्थापना गरेको भन्दै महानगरबासीलाई कोरोना सङ्क्रमणबाट बचाउन लागि परेको प्रष्टपार्नु भयो । उहाँले भन्नुभयो “ शान्त, रमणिय ठाउँमा आईसोलेसन भएकाले संक्रमीतको बसाई समय आनन्दमय एबं छिटो निको हुनेमा म विश्वस्त छु ।” उहाँले कन्ट्याक्ट ट्रेसिङ्, स्वाब संकलन र परिक्षणमा तिब्रता दिईने पनि जानकारी दिनुभयो ।

सो आईसोलेसनमा आज बिहान १० वजे पहिलो चरणमा तीन जनालाई राखिने छ । त्यस पछि क्रमश संख्या वढाईदै लगिने छ । आईसोलेसन सुबारम्भ समारोहमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, महानगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनैतिक दलका प्रमुख एबं प्रतिनिधिहरु, वडा अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

उपप्रमुख पाबती शाह ठकुरीका अनुसार सो ठाउँमा रहेका २२ वटा मध्ये ५ वटा भवनमा रहेका कोठाहरुलाई व्यवस्थित गरि आईसोलेसन वनाईएको छ । एउटा भवनमा शौचालय सहितका पाँच कोठा रहेका छन् ।

भरतपुर महानगरले चिकित्सालयसंग सहकार्य गरेर आईसोलेसन सञ्चालन गरेको ठकुरीले जानकारी दिनुभयो । यहाँको मर्मत सम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ । आन्तरिक व्यवस्थापन संगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्ने उहाँको भनाई छ ।

चिकित्सालयका प्रमुख डा. हेमराज कोईरालाका अनुसार प्राकृतिक खाना संगै नियमीत व्यायम गराईने छ । सामान्य लक्ष्यण देखिएका पहिलो तहका बिरामीलाई सो आईसोलेसनमा राखिन्छ । बिरामीलाई विहान चार किसिमका फलफुलबाट दिनको सुरुवात गरि साँझ दुध र वेसार संगै खानाको अध्याय सकीने उहाँले जानकारी दिनुभयो । फापरको रोटी, उमारेको गेडागुडीका टुसा, अत्याधिक झोलिलो खाना, जेठीमधु, गुर्जो, मरिच, सुठो,पिप्ला, तुलसीको पानी, दाल,भात, तरकारी जस्ता पौष्टिक तत्व प्रसस्त हुने खाना खुवाईन्छ ।

आईसोलेसनमा बस्नेहरुलाई योग, ध्यान प्रशस्त गराईनेछ ।

प्रतिक्रिया दिनुहोस !