स्याङ्जाः एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान ४ बजे चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट चापाकोट आउँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गह्रौ प्राथमिक अस्पताल वालिङका अनुसार उपचारको क्रममा चापाकोट–९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको हो ।

चापाकोट–९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल घाइते भएका छन् । उनीहरूलाई गह्रौ प्राथमिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !