चितवनः एकै दिन शनिबार जिल्लका एक सय दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परिक्षणमा भेटिएका ६५ जना मध्ये ६१ जना चितवनका हुन । धुलिखेल पठाईएको नमुनाको परिक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन् । त्यसै गरी भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणको राती आएको नतिजामा ४३ जना मध्ये २९ जना चितवनका रहेको उहाँले जनाकारी दिनुभयो ।

जिल्लाबाट नमुना संकलन गरिएका १ सय २० जनामा संङ्क्रमण देखिएको छ । १८ जना भने जिल्ला बाहिरका रहेको उहाँले बताउनुभयो । जिल्लामा सङ्क्रमितको संख्या ६ सय २७ पुगेको छ । जस मध्ये सबै भन्दा वढि भरतपुर महानगरपालिकाका ३ सय ६४ जना रहेका छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीक ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका ९ र इच्छाकामना गाउपालिकाका ३ जना रहेका छन् ।

शनिबारै यहाँको चितवन मेडिकल कलेजमा उपचार गरराई रहेका दुई जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट हाल सम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ । जस मध्ये ४ जना चितवनका हुन भने अन्य उपचारका लागि यहाँ आएका हुन । जिल्लाको सरकारी अस्पताल भरतपुर, दुई मेडिकल कलेज, निजी अस्पताल, संस्थागत आईसोलेसन र घरमा संङ्क्रमित रहेका छन् । एकै दिन यतिधेरै सङ्क्रमण देखिएको यो पहिलो हो । दैनिक सङ्क्रमण वढ्दै गए पछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !