चितवनः जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि आज भएको छ । चितवन मेडिकल कलेजले गरेको पिसीआर परिक्षणका क्रममा एकै दिन चितवनका ६१ सहित ६५ जनामा संक्रमण देखिएको हो ।
परिक्षणमा रत्ननगरका ३८ जना, भरतपुर महानगरपालिकाको २२ जना, राप्तीको १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रत्ननगरको वडा ४ मा मात्रै ३५ पुरुष र २ जना महिलामा कोरोनासंक्रमण देखिएको हो ।

त्यस्तै वडा नम्बर १० मा १ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । राप्ती नगरपालिका वडा नम्बर ८ की एक महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै भरतपुर महानगरपालिकाका विभिन्न वडाका १९ पुरुष र ३ जना महिला रहेका छन् । नवलपुर , तनहुँ, लुम्बिनी र पाल्पाका एक एकजना पुरुषमा कोभिड १९ पोजिटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !