काठमाडौंः कोरोना भाईरसको संक्रमणका नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८४ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार नाघेको छ । आजसम्म ३७ हजार ३४० जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १६ हजार ५७८ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ६ हजार ४४५ जना होम आइसोलेसनमा छन् भने १० हजार १४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ३१३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २० हजार ५५५ पुगेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस !