चितवन: पूर्वीचितवनको खैरहनी नगरपालिकाको विभिन्न वडाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल प्रयोगशालामा परिक्षणको लागि पठाइएकाहरुमध्य १२ जनामा कोभिड १९ पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेहरुमा ९ जना पुरुष र ३ जना महिला रहेका छन् ।  खैरहनीको वडा नम्बर १ का ४८ र ५७ बर्षिय दुईजना पुरुष ,२ को ३२ र ३६ बर्षिय दुईजना पुरुष , ४ को २९ बर्षिय एकजना पुरुष , ५ को ४३ बर्षिय एकजना पुरुष , ७ को ६५ बर्षिय एक पुरुष २६ बर्षिय एक महिला , ८ को २७ बर्षिय एकजना पुरुष , १३ को ५५ बर्षिय एक पुरुष , ४६ बर्षिय एक महिला र १४ को एकजना ५९ बर्षिय महिलामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !