चितवनः जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । कोरोनाका कारण जिल्ला भित्र ५ सय २४ जना संक्रमित पुगेका छन् ।
चितवनका थप १५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणका क्रममा भरतपुरका १४ र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै मकवानपुरका १ जना,गोरखाका २, नवलपुरका १, सप्तरीका २, दैलेख, गुल्मी, बारा, सुर्खेत र मोरङका १,१ जनामा कोरोना पुष्टि भएको छ ।

भदौं १२ गते गरिएका २७५ नमुना मध्य २६ वटा नमुनाको कोरोना पाजेटिभ देखिएको हो । भरतपुरका ८ पुरुष र ६ महिला छन् भने रत्ननगरका १ महिला हुन् । उनिहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो । यो संगै चितवनमा कुल संक्रमितको संख्या ५२४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !